डेण्टल टुरिजमको प्रभावः साइराममा दाँत उपचार गर्न विदेश पर्यटक आकर्षित

चितवन, असोज १७ । चितवनको रत्ननगरलाई डेण्टल टुरिजमको रुपमा घोषण गरेसगैँ यहाँ दाँतको उपचार गर्न आउने पर्यटकहरु बढेका छन् ।

विगत एक दशकदेखि दन्त उपचारमा अलग पहिचानसगैँ गुणस्तरीय सेवाका अन्तर्राष्ट्रिय मान्यता पाएको साईराम डेण्टल हस्पिटल रत्ननगर नगपालिकाले डेण्टल टुरिजमको रुपमा घोषण गरेसगैँ दाँतको उपचार गर्न आउने पर्यटकहरु बढेको हो ।

दन्त उपचारमा उत्कृष्ट सेवासगैँ साईरामले हम्बल स्माईल फाउन्डेसनले प्रदान अन्र्तराष्ट्रिय मान्यता पाएपछि यहाँ पर्यटकहरु घुम्नसगैँ उपचार गर्न समेत आर्कषित भएका हुन् । साईरामले डेण्टल टुरिजम क्षेत्र घोषण गर्दै रत्ननगरमा आफ्नो पहिलो शाखा विस्तार गरेको थियो । पहिलो एक महिनामा माज्ञ १६ जना पर्यटकहरुले यहाँबाट सेवा लिएको साईराम डेण्टलकी प्रबन्ध निर्देशक डा।सरु थापाले जानकारी दिईन् ।

‘विदेशको तलुनामा दाँतको उपचार ७० प्रतिशतले सस्तो छ साईरामका वरिष्ठ दन्त रोग विशेषज्ञ डा।अजय न्यौपानेले भने, विदेशहरु चितवन निकुन्ज घुम्नसगैँ उपचार गराउन आउने गर्दछन् ।’ यहाँ बढीमात्रमा युरोपियन राष्ट्रका पर्यटकहरु घुम्नसगैँ दाँत सफा गर्ने, झर्न, निकाल्न, कृत्रिम दाँत राख्न, जरादेखि सफा गरि आरसीटी गर्न आउने समेत उनले बताए ।

आफुहरु दाँत उपचार गर्न समेत विदेशीहरु आउने तथ्याङ्गक थाहापाएपछि सरकारले घोषण गरेको पर्यटन बर्ष समेत सफल बनाउन डेण्टल टुरिजम घोषण सेवा दिईरहेको डा।सरु थपाले बताईन् ।

यसैबीच नदेरल्याण्डबाट साईराममा उपचार गर्न आएका विरामी एण्ड्रि रिंगफिंगलाई सद्भाव दुत घोषण गरिएको छ ।

इन्टरनेटको मार्फतबाट साईरामको उपचार सेवा थाहापाएपछि चितवन घुम्नसगैँ उपचार गर्न आएका एण्ड्रिले आफुले सोचे भन्दा अन्तराष्ट्रिय स्तरकै उत्कृष्ट सेवा पाएको बताए ।

‘मैले यहाँ धेरै रकम खर्च गर्दा पनि उपचार राम्रो पाएको थिईन् एण्ड्रिले भने किन यति राम्रो सेवा सौराहा नजिक भएपछि म अब यसको प्रचार गर्छु भनि सद्भाव दुत बनेका विदेशमा प्रचार गर्नछु ।’ सद्भाव दुत घोषण एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै साईरामकी डा। सुरु र एण्ड्रिले आदान प्रदान गरेका थिए ।

योसगैँ डेण्टल टुरिजमका लागि नेदरल्याण्ड लगायत युरोपीयन राष्ट्रहरुमा साईरामको प्रतिनिधि डेण्टल टुरिजमका एण्ड्रिले प्रर्वद्धन गर्नछन् । साईरामले डेण्टल टुरिजमको अवधारणसहित एक महिना अगाडी रत्ननगरको सौराहाचोकमा पहिलो शाखा विस्तार गरेको थियो ।

कमेन्ट गर्नुहोस्