यसरी लुट्दो रहेछ संगम स्वीट्सले, विभागद्वारा सिलबन्दी

काठमाडौं, वानेश्वरको संगम स्वीट्समा ताला लगाइएको छ ।

उपभोक्तालाई अखाद्य पदार्थ मिसाएर ठगी गर्ने पाइएपछि उक्त पसलमा सिलबन्दी गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा गएको अनुगमन टोलीले अखाद्य वस्तु बिक्री वितरण गरेको र उपभोक्ताको न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सिलबन्दी गरेको हो ।

अनुगमन टोलीले मिलन चोकमा रहेको गोदाम घरसँगै नयाँ बानेश्वरमा रहेको संगम स्वीट्सको उत्पादन बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइएको छ।

विभागका अनुसार अनुगमनका क्रममा कपडा चम्काउन प्रयोग हुने प्रतिबन्धित ‘हाइड्रो ए वान’ केमिकल मिठाईमा प्रयोग गरेको पाइएको छ। मिठाइलाई चमक दिने उक्त केमिकल स्वास्थ्यका लागि हानिकारक रहेको विभागले जनाएको छ।
मिठाइमा ८ वर्ष पुरानो कोकोनट पाउडरसमेत प्रयोग भएको क्रममा भेटिएको जनाएको छ। विभागका अनुसार ध्यु र तेलमा पोलारिटीको मात्र पनि अत्याधिक पाइएको थियो। पोलारिटी लेवल अधिकतम २५ सम्म हुनु पर्नेमा ३८।५ सम्म पाइएको विभागले जनाएको छ।

कमेन्ट गर्नुहोस्