विविध कार्यक्रम गरि कतारमा क्षत्री दिवस मनाइने

दोहा,असोज १६।खस क्षत्री सेवा समाज कतारले क्षत्री दिवस तथा विजया दशमी, तिहार र छ्ठ पर्वको सुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

प्रत्येक बर्षको बिजया दशमीको घट्स्थापनालाइ क्षत्री दिवसको रूपमा मनाउदै आएको समाजले यो बर्ष पनि विविध सास्कृतिक कार्यक्रमको साथ मनाउने भएको हो ।

क्षत्री दिवस सास्कृतिक कार्यक्रम संगै चाडपर्वको सुभकामना आदानप्रदान गरेर भब्य कार्यक्रमका साथ अक्टोबर १९ तारिख अर्थात् बिजया दशमीको दिनमा शालिमार दरबार रेस्टुरेन्ट बिन महोमुद दोहामा मनाउन लागेको समाजका कार्यबाहक अध्यक्ष विश्वबन्धु थापाले बताए । साथै कार्यबाहक अध्यक्ष थापाले कार्यक्रम सफल पार्नको लागि कतारमा रहनु भएको सम्पुर्ण क्षत्री बन्धुहरुलाइ उपस्थितिको लागी आग्रह गरे ।

समाजले कार्यक्रम सफल पार्नको लागि पत्राचार, ब्याच, ब्यानरको लागि महासचिव रामजी खत्री, प्रचारप्रसारको लागि प्रवक्ता सन्तोष क्षत्री र स्वयंसेवक संयोजनको लागि श्याम ज्योति बोहरालाइ जिम्मेवारी दिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्