नाम र स्थायी राजधानी पाउँदै प्रदेश नं. १

विराटनगर, असोज १६ । प्रदेश नं १ को नाम र स्थायी राजधानीको टुङ्गो चाँडै लाग्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको यही अधिवेशनभित्र नाम र राजधानीको टुङ्गो लाग्ने बताएका हुन् ।

कार्कीले राष्ट्रिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलको दुई दिनदेखि जारी बैठकमा प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको बताए । उनले नामको ट्ङगो लागेपछि विभिन्न राजनीतिक दलसँगको छलफलपछि प्रदेशसभामा पेश गरी यही अधिवेशनभित्र प्रदेशको नाम र स्थायी राजधानीको घोषणा गरिने जानकारी दिए ।

आजसम्म २० प्रदेशसभा सदस्यले बोलिसकेको बताइएको छ । प्रदेश नं १ मा नेकपाका ६७ प्रदेशसभा सदस्य छन् ।

रासस

 

कमेन्ट गर्नुहोस्