किसानको जिवनमा परिवर्तन ल्याउन राज्य मन्त्री चौधरीको जितिया

सुनसरी,असोज १६।थारु महिलाहरुको महान पर्व जितियामा सबै महिलाहरु व्रत बसेर आज दिन भरी आफ्नो भेष भुसामा सजिएर एक अर्का सङ्ग,आफन्त नातागोता,माइती सङ्ग भेटघाट गरेर दु:ख सुख साटासाट गर्दै मनाइन्छ।

आफ्नो श्रीमान ,छोराछोरीहरुको स्वास्थ ,दिर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन पनि छ । तर कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्री राम कुमारी चौधरीले थारु कल्याणकारीणी सभा र थारु महिला सभा सुनसरीले आयोजना गरेको जितिया कार्यक्रममा आफुले किसानहरु र समग्र थारु समुदायको उथान गर्नको निमित्त जितिया गरेको बताइन ।

जितिया रमाइलो गर्नलाई मात्रै नभइ एक अर्काले सकारात्मक सोच आरदान प्रदान गर्न पनि हो । किसान र थारु समुदायको मर्म एउटै भएको बताइन । ९०% थारु समुदाय कृषिमा निर्भर छन तिनी सबै किसान छन्। पहिलाका शासकहरु थारुहरुलाइ फुटबल को रुपमा खेलिरहे कहिले मधेसी बनाएर त कहिले आदिवासी जनजाती बनाएर तर अब खेल्न नसक्ने मन्त्री चौधरीको भनाइ छ ।

थारुहरुको लागी संविधानमा आफ्नै कल्सटर छुटिएकोले अब कसैको अगाडी हात फैलाउन नपर्ने भन्दै कृषिमा आमूल परिवर्तन भए थारुहरुको जीवन स्तरमा परिवर्तन हुने मन्त्री चौधरीले बताइन । किसानहरुको पुरानो सोच र साधनमा परिवर्तन ल्याउन कृषिमा आधुनिकीकरण ,अौजारीकरण र व्यवसायीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन गरेको र यस्ले किसानको जनजिवनमा परिवर्तन ल्याउने उनको भनाइ छ।

अनुदानका कार्यक्रम वास्तविक किसानलाई पहिचान गरेर मात्रै बितरण गरिन्छ ।किसानको नाममा कर्मचारीले मिलेमतो गरि जग्गा दलालहरुले अनुदान कुमल्याउने गरेको आफुले सुनेको तर अब त्यसलाइ आफुले अनुगमन गर्ने र तेस्तो भेटे कार्वाही गर्ने मन्त्री चौधरीको भनाइ छ । कार्यक्रममा सास्कृतिक झाकी,पहिरन ,भेष भुसा , थारु गित र नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्