किशोरी बलात्कार गर्ने कोइराला प्रहरी कार्यालयबाटै फरार

उदयपुर, असोज १७ । बलात्कारको आरोपमा पक्राउ परेका एक युवा प्रहरी कार्यालयबाटै फरार भएको छ । उदयपुरको कटारी नगरपालिका– ४ सिम्ले पानीट्याङकीका ३५ वर्षीय दिपेन्द्र कोईरालाले आफनै घरमा डेरा गरि बस्ने १७ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् ।

 

गत बैशाख २८ गते राती घरमा श्रीमती नभएको मौका छोपी कोइरालाले आफ्नै घरमा पढ्न बसेकी किशोरीलाई डर धम्की दिएर जबरजस्ती करणी गरेको पीडितले दिएको उजुरमिा उल्लेख छ ।

 

बलात्कार गर्ने कोइरालाले आफ्ना बच्चा साह्रै रुन थालेपछि दुइमध्ये एउटालाई राती आफूसँग सुताइ दिन आग्रह गरेको ती किशोरीका अभिभावकले प्रहरीसामु भनेका छन् । मध्य रातीमा फेरि कोइरालाले बच्चा माग्ने बहानामा कोठा खोल्न आग्रह गरेका थिए । कोठा खोलेपछि कोइरालाले धम्की देखाउँदै आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।

 

प्रहरीमा कोइरालाविरुद्ध मुद्धा परेपछि इलाका प्रहरी कार्यालय कटारीले असार १३ पक्राउ गरि उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएको थियो ।

 

 

जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्धा दर्ता गरि कारबाही अगाडी बढाउनुपर्नेमा असार १४ गते दुवै पक्षको अभिभावकलाई बोलाई छलफलको क्रममा आरोपित कोइराला प्रहरी कार्यालयबाट फरार भएको पीडितको भनाई रहेको छ । प्रहरीले फरार भएको भनेपनि पीडित परिवारले भने प्रहरीले नै भगाएको आरोप लगाएको छ ।

कमेन्ट गर्नुहोस्