तेल बोक्न छाडेर निगमका ट्यांकर गाँजा तस्करी गर्दै !

काठमाडौं, असोज १७ । नेपाल आयाल निगमको तेल बोक्ने ट्यांकरबाट मंगलार २ सय ९५ केजी गाँजा बरामद भएको छ । नेपालमा तेल खन्याएर भारतर्फ फर्किँदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गाँजा बरामद गरेको हो ।

 

ब्युरोले मकवानपुरको मनहरी ७ रमनटारमा गुडिरहेको ट्यांकर नियन्त्रणमा लिएको छ । तस्करीमा संलग्न रहेको अभियोगमा ट्याँकर चालक बाराको जितपुर सिमनाका ३८ बर्षीय प्रह्लाद ठकुरी पक्राउ परेका छन् ।

 

ब्युरोका एसएसपी विश्वराज पोखरेलले इन्धन बोक्ने ट्यांकरमा लागुऔषध तस्करी हुनु देशकै लज्जाको विषय भएको बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्