भ्रमित समाचार छापेको भन्दै एकाबिहानै अत्तरियामा पत्रिका जलाइयो ! [फाटोफिचर]

अत्तरिया, असोज १७ । कैलाली गोदावरीको बारेमा गलत तथ्य राखेर समाचार लेखिएको भन्दै अत्तरियाका केही स्थानीयको समूहले बुधबार एकाविहानै राष्ट्रिय पत्रिका जलाएका छन् ।

 

गोदावरीबारे भ्रम सिर्जना गर्ने किसिमका समाचार लगातार प्रकाशित हुनेथालेपछि आक्रोशीत एक समूहले कान्तिपुर, नागरिक दैनिक र अन्नपूर्ण पोष्टलगायत दैनिक जलाएका हुन् ।

सो पत्रिकाहरुले ‘बाघको बाटोमा राजधानी’, ’भूमिगत जलस्रोत भण्डारमै राजधानी’, ‘तेघरी वनक्षेत्र खतरामा’, ‘गोदावरी माथि १९६ पहिरो’ लगायत शिर्षक राखेर समाचार प्रकाशित गरेका थिए ।


आक्रोशित समूहले नेपालगञ्जबाट धनगढी र अत्तरिया, र यहाँ अन्य जिल्लाका लागि ल्याइन लागेका पत्रिका गाडीबाट निकालेर अत्तरिया चोकमा जलाइएका छन् ।

यसैबीच, समाचारकै विषलाई लिएर पत्रिका जलाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । गलत मानसिकता भएका व्यक्तिको यस्तो हर्कतले समग्रह अत्तरियाको बेइज्जत भएको टिप्पणी साजिक सञ्जालमा देखिएका छन् ।

 

पत्रिका जलाएपछि नागरिक दैनिकका सुदूरपश्चिम प्रमुख दिलबहादुर छत्यालले फेसबुकमा लेखेका छन्, ‘अत्तरियामा नागरिक दैनिक, कान्तिपुर र अन्नपूर्ण पोष्ट पत्रिका जलाउने कार्य अत्यन्त निकृष्ट, घृणित र निन्दनिय हो । यस्को घोर भर्त्सना गर्दै पत्रिका जलाउने अपराधिक मानसिकता भएका बेक्तीलाई कडाभन्दा कारबाहि गर्न माग गर्दछु ।’

यस्तै, अन्नपूर्ण पोष्टका सुदूरपश्चिम प्रमुख शिवराज भट्टले लेखेका छन्, ‘कैलालीको अत्तरियामा अन्नपूर्ण पोष्ट, कान्तिपुर , नागरिक दैनिक र काठमाण्डौ पोष्ट पत्रिका जलाउने कार्य अत्यन्त निकृष्ट, घृणित र निन्दनीय हो । यसको घोर भत्र्सना गर्दै पत्रिका जलाउने आपराधिक मानसिकता भएका व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही होस् ।’

कमेन्ट गर्नुहोस्