७७ जिल्लामा ८४ वन कार्यालय स्थापना, कुन-कुनमा थपिए ?

काठमाडौं, असोज १७ । वन तथा वातावरण मन्त्रालयले ७७ जिल्लामा ८४ वन कार्यालय स्थापना गर्ने भएको छ । जिल्ला वन कार्यालयकै हैसियतमा ८४ डिभिजनल वन कार्यालयका रूपमा सञ्चालन गरिने भएको हो ।

 

७७ जिल्लामध्ये नलपुरमा वन कार्यालय स्थापना भएको छ । पूर्वी रुकुममा भनेझैँ कार्यालय उद्घाटन हुन सकेको छैन । तराई-मधेसका सात जिल्लामा दुईरदुई वटा वन कार्यालय खोल्ने निर्णय भए पनि अझै सञ्चालनमा आउन नसकेको वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीले बताए ।

 

यसअघि मुस्ताङबाहेक ७४ जिल्लामा जिल्ला वन कार्यालय थियो । तर, अबदेखि सबै जिल्लामा ८४ डिभिजन वन कार्यालय सञ्चालन हुने केसीले बताए ।

 

यी जिल्लामा वन कार्यालय थपिए
तराईका कैलाली, सुर्खेत, दाङ, कपिलवस्तु, मकवानपुर, सिन्धुली र उदयपुर गरी सात जिल्लामा वन कार्यालय थपिएका छन् । जनसंख्या वृद्धिसँगै जंगल संरक्षणका लागि ती जिल्लामा वन कार्यालय थपिएको केसीले बताए ।

 

अबदेखि कैलालीको धनगढी र पलवानपुर, दाङको घोराही र लमही, कपिलवस्तुको तौलिहवा र चन्द्रौटा, मकवानपुरको मनहरी र हेटौंडा, सिन्धुलीको मरिण र सिन्धुलीगढी तथा उदयपुरको गाईघाट र कटारीमा वन कार्यालय सञ्चालन हुने भएका छन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्