आइसीसी विश्व ट्वान्टी-२० एसिया छनोटः आज नेपाल र म्यानमार भिड्दै

काठमाडौं, असोज १७ । आइसीसी विश्व ट्वान्टी–२० एसिया छनोट अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल म्यानमारविरुद्ध खेल्दै छ । नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार मध्याह्न सवा १२ बजेदेखि सुरु हुने छ ।

 

मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले आफूहरू समूहविजेताकै हैसियतमा अघिल्लो चरण प्रवेश गर्ने बताएका थिए । प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन् । नेपालले भने दोस्रो खेल अक्टोबर ६ मा मलेसियासँग खेल्नेछ ।

 

त्यस्तै नेपालले अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ। समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् ।

 

 

युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

कमेन्ट गर्नुहोस्