माधव नेपाल पनि के कम, पाए मानार्थ प्रोफेसरकाे उपाधि

काठमाडौं, असोज १७ ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले मानार्थ प्राध्यापकको उपाधि पाएका छन् । चीनको प्रसिद्ध थ्री गर्जेज विश्व विद्यालयले नेता नेपाललाई मानार्थ प्राध्यापकको उपाधिले सम्मान गरेको हो ।

चीन भ्रमणमा रहेका नेता नेपाललाई चिनियाँ कम्युनिष्ट पार्टीका सचिव तथा थ्री गर्जेज विश्व विद्यालयका पूर्व अध्यक्ष लि जियालिनले मानार्थ प्राध्यापकका साथै भिजिटिंग प्रोफेसरको उपाधी प्रदान गरेका हुन् । चीन भ्रमणमा रहेका नेता नेपाल शुक्रबार नेपाल फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्