सिटी एक्सप्रेसले निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौं, असार १७ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले दसैँलाई लक्षित गरी ७ दिने निःशुल्क बस सेवा सुरु गरेको छ । यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भई चक्रपथ परिक्रमा गर्नेछ ।

वैदेशिक रोेजगारीका लागि विदेसिने नेपाली नागरिकलाई लक्षित गरी दसँं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस् भन्ने भावनासहितसेवा सुरु गरिएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनीका ब्राण्ड एम्बेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्टहरुले संयुक्त रुपमा रिबन काटेर यो सेवा सुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस्