रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

काठमाडौँ, असोज १७ । अमेरिकी वैज्ञानिक फ्रान्सिस एच. आर्नोल्ड, जर्ज पी स्मिथ र बेलायती वैज्ञानिक ग्रेगोरी पी विन्टरलाई प्रदान गरिएको छ ।

उनीहरूलाई उद्विकास विज्ञानको क्षेत्रमा पुऱ्याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशिमध्ये आधा आर्नोल्डलाई र बाँकी आधा संयुक्त रूपमा स्मिथ र विन्टरलाई दिइने भएको छ ।

डा. आर्नोल्ड आनोल्डले प्रोटिनको एन्जाइममा निर्देशित उद्विकास लागु गरे जसले रसायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गअयो । डा. स्मिथले ‘फेग डिस्प्ले’ भन्ने विधि विकास गरे जसमा ब्याक्टेरियालाई संक्रमित गर्ने एक भाइरसलाई नयाँ प्रोटिनको विकास गर्न प्रयोग गर्न सम्भव भयो ।

डा. विन्टरले नयाँ औषधिको उत्पादन गर्न ‘फेग डिस्प्ले’ प्रयोग गरे ।

द रोयल स्वीडिस एकेडेमी अफ साइन्सले यी वैज्ञानिकहरुले उद्विकासको शक्तिलाई मानवहितको लागि उपभोग गर्न सम्भव बनाएको बताएको छ ।

निर्देशित उद्विकासको प्रयोगबाट निर्माण भएको इन्जाइम्स बायोइन्धनदेखि चिकित्सक उपचार निर्माण गर्न प्रयोग हुन्छ ।

‘फेग डिस्प्ले’ले एन्डीबडी निर्माण गर्छ जसले विषाक्तहरुलाई तटस्थ गर्ने, अटोइम्युन रोगहरुसँग प्रतिरोध गर्नेदेखि क्यान्सर निधान गरेकोसम्म पाइएको छ ।

पुरस्कारको कुल रकम १० लाख डलर रहेको छ ।

एजेन्सी

 

कमेन्ट गर्नुहोस्