राज्यमन्त्री चौधरी द्वारा कृषि तालीम केन्द्रको नवनिर्मित भवन उदघाटन

सुनसरी,असोज १७।झुम्का स्थित क्षेत्रीय कृषि तालिम केन्द्रको नवनिर्मित भवन कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले उदघाटन गरेकी छिन।

दुई करोड अढ्तिस लाखको लागतमा निर्मित भवन उदघाटन गर्दै मन्त्री चौधरीले १ नं.प्रदेशका कृषि कर्मचारी र किसानहरुको क्षेमता अभिबृध्दि गर्न मदत पुग्ने बताइन । किसानलाई आवश्यक प्राबिधिक तालीम दिएर दक्ष बनाउन सके मात्र उत्पादनमा वृद्धि गर्न सकिने मन्त्री चौधरीको भनाइ छ।

कृषि सम्बन्धि चेतनाको अभाव र पुरानै प्राविधि प्रयोग गरि अहिलेको २१ औ शताब्दीमा पनि परम्परागत खेती गर्ने तरिकालाइ बिस्थापन गर्न तालीमको अभाव भएकोले नै कृषि क्षेत्र पछाडी परेको भन्दै अब हर्यक जिल्लामा कृषि सम्बन्धि तालीम र प्राविधि भित्र्याउन आफुले भुमिका खेल्ने मन्त्री चौधरीले बताएकी छिन ।

कमेन्ट गर्नुहोस्