टिप्पर सञ्चालन गर्ने समय परिवर्तन, अब सात बजे नै अनुमति

काठमाडौं असोज १८ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र टिप्पर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ ।जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिप्पर सञ्चालन गर्न अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

 

यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौं उपत्यकामा टिप्पर सञ्चालन हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिप्पर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिप्पर सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर टिप्पर सञ्चालन हुने समय परिवर्तन गरेकै दिन बुधबार भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । -रासस

कमेन्ट गर्नुहोस्