शंका नगर्नुस्, घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छन्ः नेता गौतम

दमौली, असोज १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताएका छन् ।

 

बुधबार दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सरकार गठन भएको सात महीना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु उचित नहुने बताए ।

 

चुनावका समयमा नेकपाले जारी गरेको घोषणापत्रअनुसार नै सरकारले काम गर्ने भन्दै उहाँले घोषणापत्रको लक्ष्य पाँच वर्षमा पूरा हुने बताए।

 

जनताको आशा र अपेक्षा पनि बढिरहेको बताउँदै उनले प्रतिपक्षीमा रहेका दलले बढाई चढाई गरेर आलोचना गर्नाले पनि सरकारको विरोध भइरहेको बताए ।

 

सरकारको कामप्रति जनताको गुनासो रहेको र स्थानीय तहमा पनि धेरै कर लगाए भन्ने गुनासो जनताले गरेको भन्दै उहाँले यी सबै कुरा विस्तारै हट्दै जाने समेत बताउए । -रासस

कमेन्ट गर्नुहोस्