यौन दुर्व्यवहार आरोपमा स्वास्थ्यकर्मी पनि पक्राउ

इलाम, असोज १८ । अरुलाई उपचार गरेर ज्यान बचाइदिने स्वास्थ्यकर्मी नै यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

 

इलाम नगरपालिका वडा नम्बर १२ कि १७ किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी रहेका छन् ।

 

नवलपरासी स्थायी घर भई लामो समयदेखि इलाम अस्पतालमा कार्यरत सुबेदीले किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । उनलाई पीडित बालिकाले जिल्ला प्रहरीमा किटानी जहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

 

आरोपित सुवेदीलाई मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको इलामका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्