किशोरी बलात्कार गर्ने स्ववियु सभापतिलाई दश वर्ष कैद

पर्वत, असोज १८ । सामूहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ ।

 

पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसला सुनाएको हो ।

 

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका तर्फबाट निर्वाचित स्ववियु सभापति क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ ।

 

क्षेत्री २०७४ चैत्र १५ गते सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए । नेपाल समाचारपत्रमा यो खबर छ ।

कमेन्ट गर्नुहोस्