वाथरोग भनेको के हो ? यस्ता छन् यसका लक्षण र बच्ने उपाय !

वाथरोग एउटा यस्तो अवस्था हो जसले न वद्धा, न बालक, न त वयस्क, जसले सबैलाई सताउने गर्दछ । यो रोग सुरुमा करीब २ हजार ६ सय ४० वर्षअगाडि ईजिप्टमा देखा परेको थियो ।

यसलाई ग्रिकका फिजिसियनले हिड्न नसकिने रोग भनेका थिए ।

पछि यसका धेरै लक्षण देखा पर्न थाले । वाथरोगका विभिन्न प्रकारहरु हुन्छन् । महिला, पुरुष, बालकदेखि वृद्धमा भिन्नभिन्नै किसिमका वाथरोग हुन्छन् ।

सामान्यतया वाथरोग भनेको जोर्नीहरु दुख्ने, सुन्निने, ढाड दुख्नेजस्ता समस्याले सताउने एक किसिमको रोग हो । यसले किड्नी र हड्डीलाई कमजोर बनाउँदछ । कसैलाई वाथरोग भए–नभएको यसका लक्षणबाट थाहा पाउन सकिन्छ ।

वाथरोग हुने यसका केही कारणहरु यस्तो छ–

सामान्यतया वाथरोग युरिक एसिडको कारणले लाग्न गर्दछ । युरिक एसिड भनेको हाम्रो शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्व हो । जुन पिसाबबाट बाहिर निस्कन्छ । यो हामीले खाने खाना वा प्रोटिनबाट युरिक एसिड बन्छ । यसले रगत र किड्नीलाई नराम्रो असर गर्दछ ।

१. उमेर र लिंगः महिलामा भन्दा पुरुषमा अझ बढी युरिक एसिडको समस्या हुने गर्दछ ।

२. वंशाणुगत

३. अव्यवस्थित जीवनशैली

४. औषधिहरुको अत्याधिक प्रयोग

५. खानपान, रहनसहन

६ अन्य रोगहरु

यसका लक्षणहरु–

० वाथरोगले चिसो समयमा बढि सताउने गर्दछ ।

० हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ।

० कपाल झर्ने, शरीर सुन्निने

० शरीरमा निला, राता, डाम आउने ।

० मुटु काम्ने, निद्रा नलाग्ने

० खुट्टा झमझम गर्ने, पोल्ने ।

के यो रोग निको हुन्छ ?

वाथ सरूवा रोग होईन, वाथको लक्षण देखा पर्नासाथ सर्वप्रथम के खाएर वा के गरेर जोर्नी वा शरीर दुखेको हो, त्यसलाई सकेसम्म चाँडो छाड्नुपर्छ ।

सामान्यतया यो रोग आफै निको हुँदैन र धेरै कम व्यत्तिहरुको मात्र पूर्णरुपमा ठीक हुन्छ । खानपान र अव्यवस्थित जीवनशैलीलाई ध्यान दिएमा यो रोग निर्मुल पार्न सकिन्छ ।

वाथरोगको उपचार नगराएमा औंलाहरु बांंगो हुने, गाँठो पर्ने, मृगौला खराब हुने, सास बढ्ने, मुटु खराब हुने, छातीमा पानी भरिने, खकार वा नाकबाट रगत आउने, रगत कम हुने लगायतका समस्या देखिन्छन ।

यसबाट बच्ने केही उपायहरु यस्ता छन्–

यो रोगबाट बच्नका लागि यी उपायहरु विशेष दिएमा भने भविष्यमा वाथरोगबाट टाढा रहन सकिन्छ ।

१. खानपान र शारीरिक अभ्यासमा विशेष ध्यान दिई सन्तुलित भोजन सेवन गर्नुहोस् ।

२. चिल्लो र गुलियो पदार्थ धेरै नखानुहोस् ।

३. नियमित व्यायाम गर्नुहोस् ।

४. दिनमा २ लिटरसम्म पानी पिउनुहोस् ।

५. पेयपदार्थ जस्तै अल्कोहल, कोल्ड ड्रिंक्सलाई आजैदेखि त्याग्नुहोस् ।

६. ताजा फलफुल खानुहोस् ।

७. कागतीको जुस र अदुवाको जरा खाएमा पनि वाथरोग निको हुने गर्दछ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्