‘मिस ग्राण्ड इन्टरनेशनल २०१८’ मा नेपालको तर्फबाट उरुषाको सहभागिता

काठमाडौं, असोज १८ । बिहीबारबाट म्यानमारमा सञ्चालन हुने ‘मिस ग्राण्ड इन्टरनेशनल २०१८’मा उरुषा जोशीले नेपालका तर्फबाट सहभागीता जनाउने छिन् ।

अक्टोबर २५ सम्म चल्ने उक्त प्रतियोगीतामा सहभागी हुन जोशी भोलि नै त्यसतर्फ प्रस्थान गर्दै छिन्।

गत अगष्ट महिनामा आर।के। इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको ‘मिस ग्राण्ड नेपाल २०१८’ प्रतियोगितामा शीर्ष उपाधि जितेपछि उरुषालाई ‘मिस ग्राण्ड इन्टरनेशनल २०१८’मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त भएको हो ।

मोडलिङ, कोरियोग्राफी, संचार कर्म तथा उद्घोषण विधामा सक्रिय रहँदै आएकी उरुषाले यसअघि ‘मिस नेपाल कल्चर २०१६!को उपाधि जितेकी थिइन् । हिंसा र युद्धविरुद्धको अभियानको रुपमा थालनी गरिएको मिस ग्राण्ड इन्टरनेसनल प्रतियोगिताको यो छैठौँ संस्करण हो ।

कमेन्ट गर्नुहोस्