सुदुरपश्चिमका एक्ला प्रतियोगी रवि वड बिहीबार टप १० प्रवेशका लागि प्रतिस्पर्धा गर्दै

अत्तरिया, असोज १८ । सुदुरपश्चिम प्रदेशका एक्ला प्रतियोगी रवि ओड बिहीबार टप १० प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् ।

नेपालको सबैभन्दा ठुलो सिंगिङ रियालिटी शो नेपाल आईडलमा उनी यस प्रदेशबाट अहिलेसम्म छनौट हुँदै आएका छन् । कञ्चनपुरको कृष्णपुर घर भएका रविको अहिलेसम्मको प्रस्तुति दर्शक श्रोताले धेरै मन पराएका छन् । दर्शकको भोटिङको आधारमा अबको उनको यात्रा तय हुने छ । उनले सुदुरपश्चिम प्रदेशका सबै शुभ चिन्तकहरुलाई भोटिङ गर्न अनुरोध गरेका छन् ।

उनले आफ्नो फेसबुक पोस्टमा यस्तो लेखेका छन्–

आज मेरो लागि एकदमै महत्वपूर्ण दिन रहेको छ । नेपाल आईडलको टप १० प्रबेश का लागि म आज नेपाल आईडलको मन्चमा प्रतिस्पर्धा गर्न गैरहेको छु। हजुरहरु सम्पुर्णको साथ र सपोट का साथ मन्चमा प्रस्तुत हुनेछु। म आफुले १००५ दिनेनै छु साथसाथै मलाई हजुरहरु सम्पुर्ण को माया अनि सपोटको ठुलो खाँचो छ। आशा छ सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुले मलाई धेरै भन्दा धेरै भोट गरिदिनुहुने र सम्पूर्णमा हार्दिक अनुरोध पनि छ ।

भोटिङ कसरी गर्ने ?

रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्