चितवनमा मालवाहक ट्रकमा आगजनी

चितवन, असोज १८ । पूर्वी चितवनको खैरहनी नगरपालिमा एक मालवाहक ट्रकमा आगजनी भएको छ ।

खैरहनी नगरपालिका वडा नं.८ पर्सा बजारको बाबा पेट्रोल पम्पनजिक एक पैदलयात्री महिलालाई ठक्कर दिई मुत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका हुन् ।

भण्डाराबाट नारायणगढतर्फ जादै गरेको ना.३.प ९८६१ नम्बर ट्रकको यतिबेला अगाडि भागमा आगो बलिरहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्