बिग बोसको घरबाट चुहियो गोप्य सूचना !

काठमाडौँ, असोज १८ । बिग बोसको १२ औं सिजन चलिराखेको छ । बिग बोसको घरभित्र के के हुन्छ भन्नेबारे अधिकांश कुराहरू रहस्यमय नै रहने गरेका छन् । कतिपयले त बिगबोसको घरमा हुने झैझगडा र विवाद पूवनिर्धारित हुने र दर्शक तान्नका लागि त्यसमा विभिन्न बखेडाजस्तो सिर्जना गरिने गरेको बताउँछन् ।

यस सिजनको एउटा चर्चित प्रसङ्ग ६५ वर्षीय भजन गायक अनुप जलोटा र ३७ वर्षीय जस्लीन मथारूबिचको प्रेम प्रसङ्गलाई समेत धेरैले दर्शक तान्ने ‘फण्डा’ रहेको मान्ने गर्छन् । वास्तवमै के हुन्छ त बिगबोसको घरभित्र ?

नितिभा कौल

यस सोको सिजन-१० की कमनर कन्टेस्टेन्ट नितिभा कौलले बिगबोसको घरको १० वटा रहस्य सार्वजनिक गरेकी छिन् ।

कमनर कन्टेस्टेन्टको रूपमा प्रवेश पाएपनि नितिभाको जीवनशैली कुनै सेलिब्रिटी भन्दा कम छैन । कस्मीर मूलकी उनी दिल्लीमा बस्छिन् यसअघि गुगल मार्केटिङ सोल्युसनमा एसोसिएट म्यानेजर थिइन् । नितिभाले निकै सोचविचार गरेर सो जागिर छोडेर बिगबोसमा भाग लिएको बताइएको छ ।

नितिभाका अनुसार बिगबोसको घरमा यस्ता रहस्य रहेका छन्:

१. कहिले काहिँ सलमान खानको घरबाट आउँछ सबैको लागि खाना

 यस कार्यक्रमको ‘विकेण्ड का वार’ भन्ने एपिसोडमा प्रतियोगीहरूका लागि सलमान खानको घरबाट खाना आउने गरेको थियो । खाना सलमानका कुकले तयार पार्दथे र यसमा धेरैकुरा सम्मिलित हुने गर्दथ्यो । सलमानले एपिसोडको सुरुमा नै सबैलाई ‘आज खाना कस्तो भयो?’ भनेर सोध्थे ।

नितिभाले एउटा प्रसङ्ग सार्वजनिक गरिन्: एक पटक खाना समयमा पुगेनछ । सलमानले ‘खाना कस्तो लाग्यो ?’ भनेर सोधे । प्रतियोगीहरूले आज खाना नै नआएको बताएपछि सलमानले एपिसोड बीचमै रोकेर निर्माता टोलीसँग असन्तुष्टि व्यक्त गरे ।

२. घरभित्र रक्सी पिउन मनाही

नितिभा भन्छिन् कतिपय मानिसले बिग बोसको घरभित्र हप्तामा एक दिन मदिरापान गर्न पाइने भन्ने गरेकोमा उक्त कुरा साँचो नभएको बताइन् । उनका अनुसार यस घरभित्र रक्सी पाइनु त कता हो कता पिउन समेत अनुमति नरहेको बताइन् ।

उनी भन्छिन्, “पिउन पाइन्न, यहाँ चुरोट पिउनसम्म अनुमति छ ।” उनी भन्छिन्, “कतिपय प्रतियोगीहरूले ड्रग्स ल्याउने भन्ने गरिएकोले घरमा प्रवेश गर्नु पूर्व समानको जाँच गरिने गरिन्छ ।”

३. सो बीचमै छाडे ठुलो जरिवाना

प्रत्येक सिजनमा कतिपयले बीचमै सो छोड्ने कुरा गर्दछन् । तर बिग बोसको घरमा प्रवेश गरिसकेपछि आफूखुसी घर छोड्नु चाहिं त्यति सजिलो छैन ।नितिभाका अनुसार बिग बोसको घरभित्र प्रवेश गर्नुभन्दा अगाडि सबै जनालाई केही कागजपत्रमा हस्ताक्षर गर्न लगाइन्छ जस अनुसार बीचमा नै सो छाडेको खण्डमा क्षतिपूति स्वरूप दुई करोड भारतीय रुपैयाँसम्म तिर्नुपर्ने प्रावधान राखिएको छ ।

४. दुई झोलाभित्र सामान अटाउनुपर्ने

यहाँ आउने सबै प्रतियोगीहरूलाई दुई वटा झोला दिइने र ती झोला भित्रै सबैले आफ्नो सबै समान अटाउनु पर्ने हुन्छ । तर विशेष अनुरोधमा प्रतियोगीहरूले केही सामान बाहिरबाट मगाउन सक्छन् यसमा कुनै विशेष प्रकारको लुगा या मेकअप सामग्री हुने गर्दछन् ।

५. बिहान उठ्ने समय ‘फिक्स’ हुँदैन

नितिभाका अनुसार प्रतियोगीहरूले बिहान उठ्ने समय निश्चित हुँदैन । विशेष गरेर यस्तो समय अगिल्लो दिनको सुटिङ कुन बेला सिद्धिएको थियो भन्नेमा भर पर्दछ । उनले आफू उठ्दा कतिपय बेला बिहानको ११ या १२ बजिसकेको हुने बताइन् । घरभित्र घडी नहुने भएकाले समयको अनुमान घाम हेरेर र छेवैको मस्जिदको प्रार्थना सुनेर लगाउनुपर्ने उनले बताइन् ।

६. सरसफाइको काम राति

बिग बोसको घरमा चारैतिर क्यामेराहरू लगाइएका हुनाले कयौंपल्ट घरको स्तर कायम राख्न घरमा सरसफाइको काम राति गर्ने गरिन्छ ताकि घरको कुना कुना सफा देखियोस् ।

७. निर्माण टोलीका सदस्यहरूलाई देख्न सक्दैनन् प्रतियोगीहरू

बिग बोसको घरमा निर्माण टोलीका सदस्यहरू प्रतियोगीहरूकै आसपास हुन्छन् तर प्रतियोगीहरूले उनीहरूलाई देख्न नसक्ने बनाइएको हुन्छ । नितिभाका अनुसार घरलाई चारैतिरबाट सीसाले घेरिएको हुन्छ जसको कारण घभित्रका सदस्यहरूमाथि उनीहरूले निगरानी गर्न सक्छन् तर प्रतियोगीहरूले भने उनीहरूलाई देख्न सक्दैनन् ।

८. हप्तामा एक दिन हुन्छ विदा

बिग बोसमा एक दिन सबैलाई बिदा दिइने गरिन्छ तर बिदामा उनीहरू आफ्नो घर जान पाउँदैनन् बरु उनीहरू बिदामा ब्युटी पार्लर जाने मेकअप गर्ने या आराम गर्ने गर्दछन् । बिग बोसमा शनिबार बिदा हुने गरेको छ ।

९. अनुहार छोपेर ल्याइने गरिन्छ प्रतियोगीहरूलाई

नितिभाका अनुसार बिग बोसको भ्यानिटी भ्यानसम्म पुग्नु पहिले सदस्यहरूको अनुहारमा मस्क लगाइन्छ र आँखामा पट्टी बाँधिन्छ । निर्माताहरूले प्रिमियर हुनु पहिले उनीहरूको अनुहार कसैले नदेखोस् भनेर यस्तो गर्ने गरेको नितिभा बताउँछिन् ।

१०. कडाईका साथ हुन्छ सामानको जाँच

सोमा भाग लिन चाहने हरेक प्रतियोगीको प्रत्येक सामानलाई कडाईपूर्वक छेक गरिने गरिन्छ । घरभित्र ठुल्ठुला अक्षरमा ब्राण्डको नाम लेखिएका कपडाहरू समेत लाग्न निषेध गरिएको हुन्छ । यसका अतिरिक्त चेक र लाइनिङ भएका कपडा सेट भित्र लाग्न पाइंदैन । किनभने यस्ता कपडा क्यामेरामा बेग्लै देखिने गरेका छन् । यसका साथै टोपी, घडी, किताब र सनग्लास समेत यस घर भित्र लाग्न मनाही छ ।

एजेन्सी

 

कमेन्ट गर्नुहोस्