चितवन, असोज १८ । पूर्वी चितवनको पर्सा बजारमा ट्रकको ठक्करबाट एकजनाको घटना स्थलमै मृत्युभएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका १ बस्ने अन्दाजी ३८ वर्षका सउना चौधरी रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५.ख ९८६१ नम्बरको मालबाहक ट्रकले ना.२८.प. ७७३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलमा सवार अन्दाजी चौधरीको शरीर क्षतिविक्षत बनेको छ ।
ट्रक चालकको लापरवाहीले मोटरसाईकल चालकको मृत्युभएको भन्दै स्थानीयले ट्रकमा आगजानी समेत गरेका छन् ।
हेर्नुहोस् भिडियो-