प्रचण्डको उपस्थितिमा जीवन शर्मा संयुक्त साझ

काठमाडौं, असोज १८ ।

संगीतको माध्यामबाट जनताको आवाज बुलन्दै पार्दै आएका जनवादी गायक जीवन शर्मा सयुक्त सांस्कृतिक साँझ हुने भएको छ । इच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा राष्ट्रिय सभागृहमा यही असोज १९ गते (शुक्रवार) साँझ ४ः३० बाट कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विशिष्ट व्यक्ति,नेता ,कलाकार वृद्धिजीवी र पत्रकारको उपस्थिति रहने छ । कार्यक्रममा सामना साँस्कृतिक परिवारको नृत्य, रक्तिम साँस्कृतिक परिवारको नृत्यका साथै हास्य कलाकार सुबोध गौतमको प्रस्तुति पनि रहने बताइएको छ ।

कार्यक्रममा शर्माले आफ्ना चर्चित गीतहरू सिमलि छायामा, झर्नाको चिसो पानि, छेकेर छेकिन्न, चाहिदैन मलार्इ सुनको महल, आकशैमा सामन्तले, शुसेली हालेर बनैमा, लिस्ने लेकमा, लौन तारू, सालघारीमा जस्ता गीतहरू गाउने छन् ।

कमेन्ट गर्नुहोस्