काट्दै गरेको रुखले च्यापेर एकको मृत्यु

सर्लाही, असोज १८ ।

सर्लाहीको चक्रघट्टामा बिहीबार रुखले किचेर एक जना महिलाको ज्यान गएको छ ।

सडक छेउमा रहेको सिमलको रुख काट्दै गर्दा रुख एक्कासि मोटरसाइकलमाथि ढलेपछि गोडैता–६ की ६० वर्षीया बच्चीदेवी यादवको ज्यान गएको हो । रुख काटने चक्करघट्टा गाउँपालिका–१, का रामआश्रेय राय र दुखा कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्