मिसावट गर्नेलार्इ कडा कारवाही हुन्छ : राज्यमन्त्री चौधरी

काठमाडौं,असोज १८। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री रामकुमारी चौधरीले यसपालिको चाडपर्वमा हरेक नेपालीले स्वस्थकर खाद्यपदार्थ खान पाउने वातावरण बनाउने बताएकी छन् ।

दुई वर्षभित्र हरेक खानेकुरालार्इ शुध्द, स्वस्थ र मिसावटरहित बनाउने सरकारको लक्ष्य रहेको हुँदा सोही अनुरुप काम भैरहेको उनले बताइन् ।

पशु सेवा बिभाग द्वारा पशु सेवा विभाग स्थापना दिवस तथा विश्व पशुपन्क्षी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खाद्यय पदार्थमा मिसावट नरोकिए कडा भन्दा कडा कार्वाही हुन सक्ने चेतावनी दिइन् ।

अहिले देश व्यापीरुपमा सरकारले खाद्य स्वच्छता अभियान संचालनमा ल्याएको बताउदै मासु जन्य पदार्थमा शुध्दता कायम गर्न अनुगमन र नियमन गर्न विभागलाई कडा निर्देशन दिएको बताइन् ।

रोगी पशु, पन्छि र अन्य खाद्यय पदार्थहरु बाहिरबाट भित्रन सक्ने कुरालाई गम्भीरतापूर्वक लिन उनले सम्बन्धित निकायलार्इ निर्देशनसमेत दिइन् । खाद्य स्वच्छताको लागि सबै शक्ति प्रयोग गरेर अखाद्य बस्तु नियन्त्रणमा लिंदै गलत गर्नेलाई तत्काल कारबाही गर्ने बताउँदै यो अभियान सफल पार्न सबैको साथ दिनुपर्ने बताइन् ।

कमेन्ट गर्नुहोस्