जादु देखाउँछु भनेर मुखमा पेट्रोल हाल्दा आगो लागेर एक किशोर घाइते

बैतडी, असोज १८ । जिल्लाको दशरथचन्द नगरपालिका–४, बुदखोलाका १३ वर्षीय सन्तोष तिरुवा आगोले जलेर घाइते भएका छन् ।

 

 

जादु देखाउँछु भन्दै मुखमा पेट्रोल हालेर आगो लगाउँदा सन्तोषको मुख र छाती जलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए ।

 

 

घाइते सन्तोषको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको उनले जानकारी दिए ।

 

 

घटना दिउँसो साढे तीन बजेतिर भएको उनले बताए । गाउँमा आफ्नै साथीहरुलाई जम्मा गरेर जादु देखाउँछु भनेर पेट्रोल मुखमा हालेर बालकले आफैले आगो लगाएको खुलेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्