घूस लिने चार प्रहरीविरुद्ध मुद्धा दर्ता

काठमाडौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अरोपमा विहीबार महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

 

 

विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सुबास ढुंगाना र हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलार्य सहज रुपमा निकासी गर्न दिने सर्तमा ४५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।

 

 

तीन जनाविरुद्ध ४५ हजार बिगो कामय गरी विशेष अदिालतमा मुद्धा दाय गरिएको हो । अख्तियारले महानगरीय प्रभाग काँडाघारीका प्रहरी हवल्दार अमन चौधरीविरुद्धसमेत मुद्धा दायर गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्