सरकारले २ महिनामै पौने ३ करोड बाँड्यो !

काठमाडौं, असोज १९ । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको छ ।

 

 

अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४र७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ ।

 

यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ । नयाँ पत्रिकामा खबर छ ।

यो रकममध्ये (साउनमा)
(गंगामाया अधिकारीः २० लाख
(एमाले जिल्ला कार्यालय पर्साः २ लाख ३ हजार

(पूर्वमन्त्री रामकृष्ण ताम्राकारः १५ लाख
(राष्ट्रकवि माधव घिमिरेको उपचार खर्चः १४ लाख ९८ हजार
(विभिन्न व्यक्तिका नाममाः ४६ लाख ५० हजार रुपैयाँ बाँडिएको छ ।

 

(भदौमा)
नेता नरहरि आचार्यको उपचार खर्चः ३३ लाख ६१ हजार
निर्वाचनमा घाइते २४ जनाको उपचारः २७ लाख ६० हजार

दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी स्कुल अफ लः ३० लाख
देशघरका विभिन्न व्यक्तिका नाममाः ८९ लाख रुपैयाँ बाँडिएको छ ।

कमेन्ट गर्नुहोस्