आम्दानी नभएका ६५ प्रतिशत नेपालीका हातमा मोबाइल

काठमाडौं, असोज १९ । औसत आयका हिसाबले शून्य आम्दानी भएका ६५ प्रतिशत नेपालीको हातमा मोबाइल रहेको देखिएको छ ।

 

औसतभन्दा बढी आम्दानी हुनेमध्ये ८५ प्रतिशत र औसतभन्दा कम आम्दानी हुने ८३ प्रतिशत नेपालीले मोबाइल बोक्ने गरेको देखिएको छ । मोबाइल बोक्नेमा भारत, पाकिस्तान, बंगलादेश, कम्बोडियाभन्दा पनि नेपाल अगाडि पाइएको छ ।

 

मोबाइल बोक्ने ५२ प्रतिशत नेपालीको हातमा स्मार्टफोन
नेपालमा कुल मोबाइल प्रयोगकर्तामध्ये आधाभन्दा बढीले स्मार्टफोन प्रयोग गर्ने गरेको पाइएको छ । कुल नेपाली प्रयोगकर्तामा ५२ प्रतिशतले स्मार्टफोन, ४० प्रतिशतले आधारभूत फोन र ८ प्रतिशतले फिचरफोन प्रयोग गर्छन् ।

 

 

फोन प्रयोगकर्ता नेपालीमा ग्रामीण क्षेत्रमा ४७ प्रतिशत र सहरी क्षेत्रमा ५४ प्रतिशत रहेका छन् । प्रयोगकर्तामध्ये ५६ प्रतिशत पुरुष तथा ४८ प्रतिशत महिलाको हातमा स्मार्टफोन रहेको छ । स्मार्टफोन प्रयोगको हिसाबले नेपाल सर्वेक्षणमा समेटिएका १८ राष्ट्रमध्ये सातौं स्थानमा छ । जब कि २८ प्रतिशत भारतीय, २२ प्रतिशत पाकिस्तानी, २४ प्रतिशत बंगलादेशी र २८ प्रतिशत केन्यालीले मात्रै स्मार्टफोन प्रयोग गर्छन् ।

 

६ प्रतिशत नेपाली सामाजिक सञ्जालबाट टाढा
कुल जनसंख्याको ३४ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा रहेकोमा सामाजिक सञ्जाल चलाउनेको संख्या भने ३२ प्रतिशत रहेको छ । जसबाट इन्टरनेटको पहुँचमा रहेका ६ प्रतिशत नेपाली भने सामाजिक सञ्जालबाट टाढा छन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्