५४ प्रतिशत नेपालीलाई इन्टरनेट थाहा छैन

काठमाडौं, असोज १९ । नेपालका आधाभन्दा बढी जनसंख्यालाई इन्टरनेटबारे जानकारी नभएको एक अध्ययनले देखाएको छ । सूचना तथा प्रविधि क्षेत्रमा अनुसन्धान गर्ने संस्था लर्न एसियाले गरेको सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रयोगको अवस्था (आप्टरएक्सेस) सम्बन्धी सर्वेक्षणले यस्तो तथ्य बाहिर ल्याएको हो ।

 

 

सर्वेक्षणले ४६ प्रतिशत नेपालीलाई मात्रै इन्टरनेटबारे जानकारी भएको देखाएको छ । त्यसमध्ये इन्टरनेट प्रयोग गर्ने ३४ प्रतिशत नेपालीले मात्र इन्टरनेट प्रयोग गर्छन् ।

 

२० भन्दा बढी मुलुकमा गरिएको यस्तो सर्वेक्षणले इन्टरनेटको सामान्य जानकारीसमेत नहुनेमा भारतीय ६५ प्रतिशत, पाकिस्तानी ६३ प्रतिशत, बंगलादेशी ६७ प्रतिशत रहेका छन् । त्यस आधारमा नेपाल छिमेकी मुलुकभन्दा अगाडि देखिएको छ । सर्वेक्षणअनुसार धेरै नेपालीले लामो समयसम्म इन्टरनेट प्रयोग गर्ने र सामाजिक सञ्जालको समाचारलाई विश्वास गर्ने गरेकोसमेत पाइएको छ ।

 

 

अप्रिल २०१७ देखि जुन २०१८ सम्म एसिया, अफ्रिका र ल्याटिन अमेरिकी क्षेत्रका १८ वटा देशमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा ३८ हजार व्यक्तिसँग ९० मिनेट लामो प्रत्यक्ष अन्तर्वार्ता गरिएको बताइएको छ ।

 

 

सर्वेक्षणले नेपालमा सातै प्रदेशका सयवटा वडामा १५ देखि ६५ वर्ष उमेरसमूहका २ हजार व्यक्ति तथा घरपरिवार समेटेको दाबी गरेको छ । सर्वेक्षणमा समेटिएका १८ वटा देशमध्ये नेपाल कुल राष्ट्रिय आयका आधारमा मोजाम्बिक र रुवान्डाभन्दा मात्रै अघि छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्