अब सेञ्चुरी बैंकका ग्राहकले सुमेरु अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौं, असोज १९ । सेञ्चुरी कमर्सियल बैंक र धापाखेल, ललितपुरस्थित सुमेरु अस्पताल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

 

 

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको ओपीडी लगाएत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउनेछन् ।

 

 

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पताल प्रालिका अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरेका छन् ।

कमेन्ट गर्नुहोस्