गायक शिव परियारको ‘आँशुको अर्थ–२’ लिरिकल भिडियो सार्वजनिक

काठमाडौंं । चर्चित गायक शिव परियारको स्वर रहेको हिट गीत ‘आँशुको अर्थ–२’ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

गतवर्ष सार्वजनिक गरिएको गीत ‘आँशुको अर्थ’ सफल भएसँगै ‘आँशुको अर्थ–२’ आँशु दिइए जानेको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । शुक्रबार चितवनको भरतपुरमा एक कार्यक्रमको बीच गीतकार तथा सञ्चारकर्मी रवि अधिकारीको जन्मदिनको अवसर परेर ‘आँशुको अर्थ–२’ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

केटिभी एड्भर्टाइजिङ एजेन्सीका प्रबन्धक किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ प्रमुख अतिथी रहेका थिए । यस्तै चलचित्र निर्देशक विमल पौडेल र केटिभी एड्भर्टाइजिङ एजेन्सीका निर्देशक विजय गुप्ता विशिष्ट अतिथी रहेका थिए ।

यस्तै कार्यक्रममा संचारकर्मी मनोज पन्त तथा दाताज ईभेन्ट्सका प्रबन्धक दाताराम घिमिरे अतिथी रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले युट्युबमार्फत यस गीतलाई सार्वजनिक गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी ऋद्धिचरण श्रेष्ठले गीतको सफलताको शुभकामना दिए ।

श्रेष्ठले भाग–२ जस्तै आगामी दिनमा गीतको अन्य सिरिज पनि बन्ने विश्वाश गरे । चलचित्र क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका संचारकर्मी रवि अधिकारीले ‘आँशुको अर्थ’ भाग १ र भाग २ जस्तो निकै राम्रो गीत रचना गरेर रचनाकारको रुपमा पनि आफुलाई अब्बल सावित गरेको श्रेष्ठले बताए । साथै उनले आगामी दिनमा चलचित्रमा पनि गीत रचना गर्न शुभकामना दिए ।

कार्यक्रममा विशिष्ट अतिथी चलचित्र निर्देशक विमल पौडेलले गीत निकै राम्रो बनेको भन्दै सफलताको शुभकामना ब्यक्त गरे । गीतले निकै मार्मिक शब्द बोकेको भन्दै दर्शक स्रोताहरुले गीतलाई मन पराउने विश्वाश ब्यक्त गरे । कार्यक्रमका अतिथी संचारकर्मी मनोज पन्तले संचारकर्मीको रुपमा सक्रिया रवि अधिकारीले ‘आँशुको अर्थ १ र २’ बाट गीत संगीतको क्षेत्रमा पनि राम्रो गर्दै गएकोमा खुशी लागेको बताए ।

यस्तै पन्तले गीत राम्रो बनेको भन्दै सफलताको शुभकामना दिए । कार्यक्रमका सभापति केटिभीका प्रबन्धकले गीत राम्रो बनेको भन्दै संचार र चलचित्र क्षेत्रसँगै सांगीतिक क्षेत्रमा पनि अझै प्रगति हुँदै जाओस् भन्दै शुभकामना ब्यक्त गरे ।

गीतका रचनाकार रवि अधिकारीले ‘आँशुको अर्थ १ को अपार सफलतापछि अझै राम्रो गर्ने प्रेरणा मिलेको बताए । ‘आँशुको अर्थ १’ लाई दर्शक स्रोताले राम्रो माया दिएका कारण नै भाग २ निकालेको बताए । अधिकारीले भने– भाग १ को सफलताले भाग २ अझ राम्रो बनाउन चुनौती दियो । तर हाम्रो टिम, सबै संचारकर्मी र दर्शकहरुको मायाले चुनौतीलाई अवसरको रुपमा लिई भाग २ बनाएको बताए ।

यस्तै अधिकारीले भाग १ जस्तै २ लाई पनि दर्शक स्रोताहरु माया दिने विश्वाश ब्यक्त गरे । दशैं लगतै निकेश खड्काको निर्देशनमा ‘आँशुको अर्थ’का मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठलाई फिचरिंग गरेर गीतको म्युजिक भिडियो निर्माण गरिने गीतकार तथा सञ्चारकर्मी रवि अधिकारीले बताए । कार्यक्रममा चितवनका सञ्चारकर्मीको बाक्लो उपस्थित रहेका थिए । ‘आँशुको अर्थ–२’ आँशु दिइ जानेमा चर्चित संगीतकार दिपक शर्माको संगीत रहेको छ । गीतलाई एरेन्ज भने रिदम कंडेलले गरेका छन् ।

हेर्नुहोस् यो भिडियो

कमेन्ट गर्नुहोस्