सवारी चालक अनुमतिपत्र नदिएपछि बहिरा नागरिक अान्दोलित

काठमाडौं, असोज १९ । शुक्रबार माइतीघरमा राष्ट्रिय बहिरा महासंघको आयोजनामा बहिराहरुले सवारी चालकको अनुमतिपत्र नदिएको भन्दै अान्दोलनमा उत्रिएका छन् ।

सर्वोच्च अदालतले बहिराहरुलाई चालक अनुमतिपत्र दिन निर्देशन दिएपनि सरकारका तर्फबाट आलटाल भएको भन्दै उनीहरुले खबरदारी गरेका हुन् ।

‘म बहिरा, मैले सवारी साधन चलाउन नपाउने’, ‘सवारी साधनको कर लिने, लाइसेन्स नदिने’, ‘बहिराहरुलाई सवारी चालकको अनुमतिपत्रको व्यवस्था गर’ लगायतका प्लेकार्ड सहित उत्रिएका उनीहरुले तत्काल सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न माग समेत गरेका छन् ।

केही झलकहरु–

 

कमेन्ट गर्नुहोस्