झनै सस्तियो नेपाली रुपैयाँ; आजसम्मैको सस्तो

काठमाडौँ, असोज १९ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुने क्रम जारी छ । रुपैयाँ डलरको तुलनामा आजसम्मकै न्युनतम बिन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको अन्तर्राष्ट्रिय विनिमय दर अनुसार एक डलरको बिक्रि मूल्य १ सय १८ रुपैयाँ ३ पैसा कायम भएको छ । त्यस्तै डलरको खरिद मूल्य १ सय १७ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै अन्य सबै अन्तर्राष्ट्रिय मुद्राको दाँजोमा पनि नेपाली मुद्रा कमजोर देखिएको छ । आजको विनिमय दर अनुसार एक युरो १ सय ३५ रुपैयाँ ७७ पैसामा, पाउण्ड स्टरलिङ् एकको १ सय ५३ रुपैयाँ २८ पैसा र जापानी एन १०को १० रुपैयाँ ३३ पैसा तोकिएको छ ।

भारतीय मुद्राको विनिमय दर भने यथावत रहेको छ । अमेरिकी अर्थतन्त्रमा निरन्तर सुधार हुँदै जानु र भारतीय मुद्राको निरन्तर अवमूल्यनका कारण नेपाली मुद्रा सस्तिएको विज्ञहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्