मुकवेज र मुरादलाई नोबेल शान्ति पुरस्कार

 एजेन्सी, असोज १९ ।  यो वर्षको नोबेल शान्ति पुरस्कार डेनिस मुकवेज र नादिया मुरादलाई संयुक्त रूपमा प्रदान गरिने भएकाे छ ।

 

कंगोकी मुक्वेज र इराकमा जन्मेका मुरादलाई शान्तिको क्षेत्रमा उल्लेखनीय काम गरेकोमा यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको हो ।

 

दुबैलाई युद्धको क्रममा हुने यौन हिंसा रोकथाम गर्न प्रयास गरेकोमा यो पुरस्कार दिइन लागेको हो । यो पुरस्कार कसलाई दिइने भन्ने कुराको निर्णय स्विडिस एकेडेमी अफ साइन्सेजले गर्ने गर्दछ ।

पुरस्कृत हुनेले १० लाख १० हजार अमेरिकी डलरसहित सम्मान-पत्र पाउने गर्दछन् । विभिन्न छ क्षेत्रमा दिइने नोबेल पुरस्कार यसपाली साहित्यको क्षेत्रमा भने प्रदान गरिएन ।

 

समितिका केही सदस्यहरू यौन दुराचारको आरोपमा फसेपछि ७० वर्षयता पहिलोपल्ट यो पुरस्कार साहित्यको क्षेत्रमा नदिइएको हो ।

कमेन्ट गर्नुहोस्