काम गर्नुअघि कर्मचारीले यी कुराको वाचा गर्नुपर्ने अावश्यकता

काठमाडौं, असोज १९ । सरकारी कर्मचारीले काम सुरु गर्नुपूर्व अबदेखि हरेक दिन भ्रष्टाचार नगर्ने कसम खानुपर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अनुसार सुशासन र सदाचार प्रवर्द्धन गर्न ‘म भष्टाचार गर्दिनँ । म भष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने प्रतिज्ञा गर्नुपर्ने भएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरका अनुसार असोज १६ मा बसेको मुख्यसचिव स्तरको बैठकबाट ुम भष्टाचार गर्दिनँ । म भष्टाचार हुन दिन्न। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने वाक्य हरेक दिन कर्मचारीले प्रतिज्ञा गर्नुपर्ने र कार्यालयमा सबैले देख्ने ठाउँमा लेखेर टाँस्नुपर्ने निर्देशन दिएको हो ।

राष्ट्रसेवक कर्मचारीलाई कामप्रति इमान्दार बनाउन प्रधानमन्त्री कार्यालयले भष्टाचार नगर्ने प्रतिज्ञा गराउन लागेको हो ।

कमेन्ट गर्नुहोस्