पाँच हजार घूस माग्ने नायब सुब्बा अख्तियारको फन्दामा

काठमाडौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वाग्मतीका सवारी चालक अनुमतिपत्र कार्यालयका नायब सुब्बा नवराज पराजुलीलाई पाँच हजार रुपैयाँ घूस लिएको अभियोगमा बिहीबार कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।

 

 

आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार पराजुलीलाई लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गराइदिने भन्दै परीक्षामा अनुत्तीर्ण भएका एक सेवाग्राहीसँग घूस लिएको अभियोग छ ।

 

 

यस्तै, आयोगले बिहीबार नै काठमाडौं महानगरपालिका टेकुको मिसिल शाखाका कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

 

सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी एक सेवाग्राहीसँग पाँच हजार घूस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले कार्यालय सहयोगी गिरीलाई पक्राउ गरेको थियो । -रासस

कमेन्ट गर्नुहोस्