चार पटक भूकम्प, जनजीवन त्रसित

दैलेख, असोज १९ । बिहीबार दैलेख दिउँसो लगातार चार पटक भूकम्प जाँदा जनजीवन त्रसित बनेको छ । क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतको क्रिष्टल देउराली अभिलेखमा बिहान ११ बजेर ४४ मिनेटमा पहिलो ३ दशमलव ६ रेक्टर, दोश्रो १२ बजेर ५३ मिनेटमा ४ रेक्टरको भूकम्प गएको देखिएको छ ।

 

 

सिस्मोलोजिस्ट दीपक बस्नेतका अनुसार दोश्रो भूकम्प चाहिँ दिनभरमा सबैभन्दा ठूलो हो । तेश्रो चाहिँ दिउँसो १ बजे ३ दशमलव ५ रेक्टर र चौथो चाहिँ अपरान्ह ३ बजेर ४८ मिनेटमा ३ दशमलव ७ रेक्टरको गएको थियो ।

 

 

भूकम्पका हरेक कम्पनहरु क्रिष्टल देउरालीले अभिलेखमा देखिने भए पनि ४ रेक्टर माथिको कम्पनले क्षति पुर्याउने भएकोले भूकम्प मापन केन्द्रले ४ रेक्टरभन्दा बढीको मात्र आफ्नो वेभसाइटमा अपडेट गरेको छ ।

 

 

भूकम्पले कुनै क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए । दिउँसो पटक पटक भूकम्प गएकोले भूकम्पको केन्द्र भवानीका स्थानीयबासिन्दा त्रसित भएको नारायण नगरपालिका १० का वडाध्यक्ष लोकबहादुर थापाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्