दशैंको मुखमा तलब नपाउँदा कर्मचारी रिसले चुर

काठमाडौं, असोज २० । विस २०७५ सालको बडादशैं नजिकिँदै गर्दा धेरैजसो कार्यालयका कर्मचारीको हात र खातामा पेस्कीसहितको तलब परिसकेको छ ।

 

 

तर शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कर्मचारी भने ३ महिनादेखि तलब नपाउँदा रिसले चुर बनेका छन् । केन्द्रका २ सय ५० तथा एकाइ र अन्य निकायका १ सय १ गरी ४ सय ५१ कर्मचारीले तलब पाएका छैनन् । लतब नपाउनेमा महानिर्देशक र उपमहानिर्देशकसमेत छन् ।

 

 

केन्द्रले तलब खुवाउन कुनै पहल नै नगरेको कर्मचारीको आरोप छ । केन्द्रको यस्तो पाराले आफूहरुको दशैं नै खल्लो हुने उनीहरुको गुनासो छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्