भारत भर्सेस वेष्ट इन्डिजः विराटसँगै तीन खेलाडीको शतक !

एजेन्सी । जारी वेष्ट इन्डिजसँगको टेस्ट क्रिकेटमा भारतले शानदार सुरुवात गरेको छ । राजकोटमा जारी पहिलो टेस्टको पहिलो पारीमा भारतले ९ विकेटको क्षतिमा ६४९ रन बनाएको छ ।

 

 

भारतको शानदार रन स्कोरमा कप्तान विराट कोहलीसँगै पृथ्वी शाँ, रवीन्द्र जडेजा, ऋषव पन्त तथा चेतेश्वर पूजाराको महत्वपूर्ण भूमिका रहेको छ ।

 

 

कोहलीले टेस्ट क्रिकेटमा आफ्नो खेल जीवनको २४ औं तथा सन् २०१८ को चौथो शतक बनाए । उनले २३० बलमा १० चौकाको सहयोगमा १३९ रन बनाएका हुन् । यस्तै जडेजाले नटआउट शतक बनाए । उनले १३२ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा १०० रन बनाएका हुन् ।

 

 

यसैगरी भारतका लागि पृथ्वी शाँले १९ चौकाको सहयोगमा १५४ बलमा १३४ रन बनाए । यस्तै पन्तले ८ चौका र चार छक्काको सहयोगमा ८४ बलमा ९२ तथा पूजाराले १४ चौकाको सहयोगमा १३० बलमा ८६ रन बनाए ।

 

 

वेष्ट इन्डिजका देवेन्द्र बिशूले चार विकेट लिए । पहिलो पारीको ब्याटिङ शुक्रबार नै थालेको वेष्ट इन्डिजले दिनको खेल सकिँदा ६ विकेटको क्षतिमा मात्रै ९४ रन बनाएको छ । भारतका मोहम्मद शामीले दुई विकेट लिएका छन् ।

कमेन्ट गर्नुहोस्