नेपाल भर्सेस मलेसियाः नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट [LIVE]

काठमाडौं, असोज २० । मलेसियामा भइरहेको आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले आज घरेलु टोलीसँग खेलिरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।

 

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजेबाट सुरु भएको छ यसैबीच, टस जितेर ब्याटिङ रोजेको मलेसियाले एक विकेट गुमाएको छ ।

 

सन्दीप लामिछानेले मलेसियाका खेलाडीलाई क्याच आउट गराए । यो समाचार तयार पार्दासम्म मलेसियाले ६.३ ओभरमा ३६ रन बनाएर खेलिरहेको छ ।

 

खेलको लाइभ स्कोर हेर्न हयाँ क्लिक गर्नुस्

 

नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।

 

कमेन्ट गर्नुहोस्