नेपाललाई चौंथो सफलता, सोमपालले लिए लगातार २ विकेट ! [अपडेट]

काठमाडौं, असोज २० । मलेसियामा भइरहेको आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले आज घरेलु टोलीसँग खेलिरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।

 

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजेबाट सुरु भएको छ । यसैबीच, मलेसियाको चौंथो विकेट पतन भएको छ ।

 

 

तेस्रो र चौंथो विकेट सोमपाल कामीले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको पहिलो र दोस्रो बलमै २ विकेट लिन सफल भए । यसअघि सन्दिप लामिछानेले २ विकट लिएका थिए । आज मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो ।

 

खेलको लाइभ स्कोर हेर्न हयाँ क्लिक गर्नुस्

 

नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।

कमेन्ट गर्नुहोस्