मलेसियाको इनिङ धरापमा, पारसले लिए विकेट ! [अपडेट]

 

काठमाडौं, असोज २० । मलेसियामा भइरहेको आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले आज घरेलु टोलीसँग खेलिरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।

 

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजेबाट सुरु भएको छ । यसैबीच, सन्दिप लामिछानेले ५ विकेट लिएका छन् । यस्तै, आठौं विकेट सन्दिपले नै लिएका छन् । योसँगै सन्दिपको खातामा आज ५ विकेट दर्ता भएको छ ।

 

 

सन्दिपले बिस्फोटाक ब्याट्म्यान मोहम्मद सरफिलाई ४९ रनमा आउट गरेका छन् । सातौं विकेटका रुपमा पारस खड्काको बलमा मलेसियाका खेलाडी रन आउट भएका छन् । यसअघि सोमपाल कामीले लगातार २ विकेट लिएका थिए ।

 

यस्तै, मलेसियाले ९ विकेट गुमाएको छ । नवौ विकेटका रुपमा पारसले मलेसियाका खेलाडीलाई आउट गरेका छन् । आज कप्तान खड्काले मेडन ओभरसमेत दिएका छन् । साथै, उनले एउटालाइरु रन आउट र एक विकेट लिन सफल भएका छन् ।

 

 

तेस्रो र चौंथो विकेट कामीले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको पहिलो र दोस्रो बलमै २ विकेट लिन सफल भए । आज मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो ।

 

खेलको लाइभ स्कोर हेर्न हयाँ क्लिक गर्नुस्

 

नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।

कमेन्ट गर्नुहोस्