काठमाडौं, असोज २० । प्रहरी परिसर काठमाडौंले शुक्रबार राति साढे ९ बजे मुलपानी–७ का तेन्दु शेर्पाको घरमा छापा मारेको छ । संगठित रुपमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
साढे ३ तलाको घरको तेस्रो तलामा जुवा खेलिरहेकाहरुले प्रहरी आएको थाहा पाएपछि झ्यालबाट हाम फालेका थिए । प्रहरी परिसर काठमाडौंकाअनुसार हाम फाल्ने सरोज घले र सोमलाल तामाङको उपचारका क्रममा राति नै मृत्यु भएको छ ।
प्रहरीले जुवा अखडाबाट २४ जना जुवाडे र ४ लाख ५८ हजार रुपैंया बरामद गरेको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाका अनुसार एक रात जुवा खेलाएवाफत घरधनी तेन्दुले १० हजार रुपैंया लिने गरेको पाइयो । कान्तिपुरमा खबर छ ।