मलेसियामाथि नेपालको शानदार जित, कप्तान खड्काको अर्धशतक

काठमाडौं, असोज २० । मलेसियामा जारी आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।

 

 

आज भएको खेलमा घरेलु टिम मलेसियालाई आठ विकेटले पराजित गर्दै दोस्रो खेलमा पनि नेपाल विजयी भएको हो । मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले २ विकेटको १२.४ ओभरमा भेट्टायो ।

 

 

नेपालका लागि आज कप्तान पारस खड्काले अर्धशत प्रहार गरे । उनले ३७ बल खेल्दै ५२ रनमा अविजीजत रहे । उनले पाँच चौका र २ छक्काको मद्दतले सो रन बनाएका हुन् । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्ल २७ रनमा अविजीत रहे । उनले २ चौका र एक छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहेका हुन् ।

 

 

यसअघि नेपालले २ विकेट सस्तैमा गुमायो । पहिलो विकेटका रुपमा नेपालका अनिलकुमार शाह १ र विनोद भण्डारी १२ रनमा आउट भएका थिए । बलिङमा मलेसियाका पवनदिप सिंह र सायदले समान एकएक विकेट लिए ।

 

 

यसअघि मलेसियाले टस जितेर ब्याटिङ गर्दै १९.३ ओभरमा अल आउट हुँदै १०१ रन बनाएको थियो । आज उसका लागि मोहम्मद सरफिले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।

 

 

बलिङमा नेपालका लागि सन्दिप लामिछानेले पाँच विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चदैं पाँच विकेट लिन सफल भएका हुन् । यस्तै, सोमपाल कामीले ३, कप्तान पारस खड्काले १ रन लिन सफल भए ।

 

 

कप्तान खड्काले एक ओभर मेडन दिन सफल पनि भए । यस्तै, एक मलेसियाली खेलाडी पारसको बलमा रन आउट भए । खेल मलेसियामै भइरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।

कमेन्ट गर्नुहोस्