निर्मला हत्याकाण्ड : प्रदर्शनकारीद्वारा गृहमन्त्री र प्रहरी प्रमुखकाे राजिनामा माग

काठमाडौं, असोज २० ।

कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै काठमाडौंको माइतीघर मन्डलामा विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरुले हत्या भएको दुई महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजीनामा पनि माग गरे ।

निर्मला हत्याकान्डको प्रमाण नस्ट गर्नेहरुमाथि कारबाही गर्नुपर्ने उनीहरुको माग छ । शनिबार माइतीघर मन्डलाबाट सुरु भएको विरोध प्रदर्शन नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विभिन्न दलमा आवद्ध एवं स्वतन्त्र नागरिकहरुको स्वतःफूर्त सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्