देशलाई चाहिने जनशक्ति उत्पादन गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं, असाेज २० ।
प्रधानमन्त्री केपी ओलीले सबैखालको बेथितिकाे अन्त्य गरेर मुलुकलाई समृद्ध बनाउन विकासको काममा तीव्रता दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शनिबार आफ्नै सरकार निवास बालुवाटारमा पूर्वाञ्चल विश्वविद्यालयको २९ औं सभा बैठकलाई सम्बोधन गर्दै उनले विकासको कामलाई तीब्रता दिन सक्ने दक्ष जनशक्ति निर्माणमा जुट्न सबै विश्वविद्यालयलाई आह्वान गरे ।

विश्वविद्यालयका कूलपति समेत रहहेका प्रधानमन्त्री ओलीले मुलुकको कृषि क्षेत्रको आधुनिकीकरणका लागि आवश्यक जनशक्ति निर्माणमा ढिलाई नगर्न पूर्वाञ्चल विद्यालयलाई सचेत गराए ।

ओलीले मुलुकको आवश्यक्ता अनुसार जनशक्ति निर्माण हुने गरी शैक्षिक क्षेत्रलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए । उनले प्राकृतिक स्रोत, साधनले सम्पन्न मुलुकलाई समृद्ध बनाउन सोही अनुसारको शिक्षा नीति आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्