देश डुबिहाल्ने अवस्थामा छैनः नेता पौडेल

कुश्मा, असोज २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेल ‘सुनिल’ ले सोचेअनुसार देश समृद्धिको बाटोमा अघि बढ्न नसके पनि डुबिहाल्ने अवस्थामा नरहेको बताएका छन् ।

 

 

जनताका अपेक्षा असीमित रहेको र राजनीतिक संक्रमणकालबाट भर्खर देशले मुक्ति पाएकाले तीव्र गतिमा अघि बढ्न केही समय लाग्ने बताउँदै उनले प्रतिपक्षले भनेजस्तो देश तत्काल डुबिहाल्ने अवस्थामा नरहेको बताए ।

 

 

कुश्मामा शनिबार आयोजना गरिएको नवराज बरालको उपन्यास ‘नाम’को परिचर्चा कार्यक्रममा पौडेलले भने, ‘प्रतिपक्षले सोचेजस्तो देश डुब्ने अवस्थामा छैन, तर अपेक्षा गरेअनुसार अघि बढ्न समय लाग्छ ।’ उनले भने, ‘भर्खर राजनीतिक सङ्क्रमणको अन्त्य भएको छ, छिट्टै महसुस हुनेगरी समृद्धि र विकासको महसुस गर्न सकिन्छ ।’

 

 

कार्यक्रममा सांसद तथा युवा नेता पदम गिरीले वामपन्थीको सरकारले केही गरेन भन्नु कांग्रेसको झुठको खेती भएको आरोप लगाउँदै नतिजा आइहाल्ने समय नभएको बताए । -रासस

कमेन्ट गर्नुहोस्